काठमाडौं, असार २१ । फेसबुकले क्यान महासंघ र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजिआई) को सहकार्यमा नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग गर्ने भएको छ।
विश्वभर देखिएको कोरोना भाइरस महामारीको समयमा साना तथा मझौला उद्यमलाई सहयोग गर्ने उदेश्यले फेसबुक, क्यान महासंघ र आईजिआई बीच सहकार्य भएको हो।
साना तथा मझौला उद्यमलाई सहयोग गर्ने उदेश्यले शुक्रबार क्यान महासंघ, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र फेसबुकले #बुस्टविथफेसबुक सहकार्यको घोषणा गरेका छन्।
यस सहकार्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागले समेत सहयोग गर्ने छन्। भने एसएमईहरुले पार्टनरहरुको वेबसाइटमा ह्वाइट लिस्टेड कन्टेन्टहरु पनि होस्ट गर्न सक्नेछन्।
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपाली अर्थतन्त्रको मेरुदण्ड एसएमईहरुलाई योगदान गर्न पाउदा क्यान महासंघ उत्साहीत भएको छ, यो कठिन समयमा डिजिटल टुल्स र प्लटेफर्महरु प्रयोग गरी उनीहरुको व्यवसायलाई पुनः जीवित गर्न सहयोग गर्ने बताए।
यस सहयोगको हिस्साको रुपमा साझेदारहरुले जुलाई ३ मा पहिलो क्षमता अभिवृदि कार्यक्रमको आयोजना गरेका थिए। यसले कम्तिमा १० हजार एसएमई र नेपाली युवालाई डिजिटल अभ्यासमा उनीहरुको व्यवसायलाई सहयोग गर्न प्रशिक्षण प्रदान गर्नेछ।
‘फेसबुकसँगको प्रवर्द्धनको उदेश्य भनेको वर्तमान आर्थिक चुनौतिहरुको बाबजुद पनि व्यवसायलाई मजबुद पार्न डिजिटल टुल्स, ज्ञान र सीपले उनीहरुलाई एकआपसमा सशक्त समुदायको निर्माण गर्न सहयोग पुर्याउनु हो’ फेसबुकमा भारत, दक्षिण तथा मध्ये एशियाका लागि नीति कार्यक्रम प्रमुख शेली ठकरालले भनिन्।
फेसबुकसँग प्रवर्द्धनले साना तथा मझौला व्यवसायलाई उनीहरुको कथा सुनाउन र श्रोताको साथ वास्तविक सम्बन्ध निर्माण गर्न आवश्यक टुल्स दिने उनले बताइन।
‘नेपालमा एसएमईलाई सहयोग पुर्याउन बहुपक्षीय सहकार्यको लागि सदैव सहयोगी रहेको छ, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले भने, ‘डिजिटल नेपाल फ्रमेवर्क सरकारको एक महत्वपूर्ण कार्यक्रम हो, जसले सरकारी-सार्वजनिक-निजि साझेदारीमा जोड दिएको छ’।


























