काठमाडौं, असार २१ । कतारको दोहाबाट आज (आइतबार) १५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोनाबाट सिर्जित परिस्थितिमा तत्काल स्वदेश फर्कनै पर्ने नेपालीलाई धमाधम नेपाल ल्याइँदै छ।
दोहाबाट काठमाडौंका लागि आज हिमालय एयरलाइन्सको एच। ९५६३२ को उडानबाट १५३ नेपाली आइपुगेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार आज फर्किएका नेपालीहरू सबै पुरुष हुन्।
आज नेपाल फर्कनेलाई दूतावासका अधिकारीहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए।
Facebook Comments


























