मुम्बई, असार २१ । बलिउड मेगास्टार अमिताभ बच्चन बारम्बार सामाजिक सन्जालमा समुदायका लागि राम्रो हुने सिर्जनाहरु सेयर गरिरहेका हुन्छन्। उनले अनेकौं पटक राम्रा धारणाहरु सामाजिक सन्जालमा राखेका छन् जसले चर्चा पाइरहेका हुन्छन्।
कोरोना महामारी सुरु भए पछि पनि उनको यो क्रम रोकिएको छैन।
अहिले परिवारसँग घरमा समय बिताइरहेका अमिताभले आफ्ना प्रशंसकलाई जागरुक बनाइरहेका छन्। यहीबीच अहिले उनले सामाजिक सन्जालमा मास्क लगाउन आम मानिसहरुलाई आग्रह गर्दै अपिल गरेका छन्।
उनले इन्स्टाग्राममा एउटा पोस्ट लेख्दै यस्तो अपिल गरेका हुन्। पोस्टमा उनले मास्क लगाउनुलाई अहिलेको जिम्मेवारी बताएका छन्। एजेन्सी
Facebook Comments


























