असार २१ । लद्दाखको कारगिलमा आइतबार बिहान ३ बजेर ४० मिनेटमा भूकम्प गएको छ। ४.७ रिक्टर स्केल भूकम्पको झटका महसूस भएको भारतीय भूकम्प विज्ञानको राष्ट्रिय केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको केन्द्र कार्गिलबाट ४३३ किलोमिटर उत्तर–पश्चिममा गएको बताइएको छ। भूकम्पबाट कुनै क्षति यस नभएको भारतीय मिडियाले जनाएका छन्।
Facebook Comments

























