झिमरुक, असार २० । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ।
सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
उनका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। रासस
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









