विराटनगर, असार २० । प्रदेश नं १ मा शुक्रवार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन्। यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँचरपाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिएको छ। झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक/एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ।
यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन्। घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन्। प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ। रासस
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









