मुम्बई, असार २० । बलिउड अभिनेता सलमान खान अहिले पनवेलमा रहेको उनको फार्महाउसमा छन्। कोरोना महामारी सुरु भएपछि नै उनी त्यहाँको फार्महाउसमा बसेका हुन्। त्यहाँ बसे पनि सलमान अहिले सामाजिक सन्जालमा चाहिँ निकै सक्रिय छन्।
उनको फार्महाउसमा उनकी प्रेमिका भनिएकी युलिया वन्तुर पनि सँगै छिन्। उनी पनि सामाजिक सन्जालमा अनेक कुराहरु लेखिरहेकी छिन्।
अब उनले एउटा भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन्। भिडियोमा उनको काँधमा छेपारो बसेको छ। अनि भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्– छेपारो डरलाग्दो हुन्छ तर सायद ऊ पनि हामीसँग डराउँछ। जब ऊ सुरक्षित हुन्छ, तब उसको रंग हरियो हुन्छ। यो भिडियो इन्स्टामा हालेपछि उनी निकै चर्चामा आएकी छिन्। एजेन्सी
Facebook Comments


























