असार २० । पाकिस्तानका विदेशमन्त्री शाह महमद कुरैशीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
विदेश मन्त्री कुरैशीले शुक्रबार ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन्।
संक्रमण पुष्टि भए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन्।
संक्रमण देखिएसँगै घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन्।
एसियाली देशमा सबैभन्दा बढी प्रभावित हुने देशको तेस्रो नम्बरमा रहेको पाकिस्तानमा शनिबार विहानसम्म २ लाख २१ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार ५५१ जनाको मृत्यु भएको छ।
Facebook Comments


























