हेटौँडा, असार ९ । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सोसम्बन्धी प्रस्ताव राखेका थिए।
उक्त विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यले सरकारले प्रशासनिक खर्च कटाएर स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि सडक निर्माण र उपेक्षित वर्गलाई आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए। प्रदेशसभा सदस्य केशवराज पाण्डे, सरेश नेपाल, सीता अधिकारी, प्रभात तामाङ, रमेश पौडेल, सुरेन्द्रराज गोसाईँ सिर्जना सैँजु, छिरिङ्दोर्जे लामा र पुकार महर्जनले आफ्नो विचार प्रस्तुत गरेका थिए। रासस
Facebook Comments


























