काठमाडौं, असार १९ । काठमाडौं महानगरपालिक–स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७.१७ ग्राम बराबरको मुगाको ७ थान मालासहित तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका–१ घर भएका ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–९ घर भएका ३२ वर्षीय दीपेन्द्र थापा र टोखा नगरपालिक–११ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका–१९ घर भएका २९ वर्षीय रामबहादुर सिंह छन्।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा उनीहरुलाई फेला पारी तलासी गर्दा उक्त परिमाणको माला फेला पारी पक्राउ गरेको हो। मुगा बहुमूल्य धातु मानिन्छ।
Facebook Comments


























