झापा, असार १९ । झापाका एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिवारी गाउँपालिका – ४ निवासी २१ वर्षीय सन्दिप शर्माले घाँटी रेटेर आत्महत्या गरेका हुन्।
उनले बिहीबार अपरान्ह चक्कुले आफ्नै घाँटी रेटेका थिए। घाँटी रेटेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल मेची अञ्चल अस्पताल भद्रपुर पुर्याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























