चितवन, असार १८ । नेपालमा अहिले सम्म कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन्।
विगत २४ घण्टामा ६६४ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ।
Facebook Comments


























