काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ।
माइतीघर मण्डलामा भएको प्रदर्शनमा उत्रिएका युवाहरुले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रधानमन्त्रीको पक्षमा नाराबाजी गरेका थिए।
प्रधानमन्त्री ओलीको तस्वीर लिएका उनीहरुले ‘देशको मुहार फेर्नुछ साथी, पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानरसमेत बोकेका थिए।
‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै प्रदर्शनमा उत्रिएकाहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’जस्ता नारा लगाएका थिए।
Facebook Comments


























