काठमाडौं, असार १८ । नेपाली बजारमा भिभोको भि १९ स्मार्टफोन सार्वजनिक भएको छ। यसमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको सहिर फुल एचडी प्लस रिसोलुसन रहेको छ।
१८६.५ ग्राम तौल रहेको भिभो भि १९ मा चारवटा रियर क्यामेरा छन्। जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल माइक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ।
भिभि भि १९ मा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ। यसमा क्वालकमको स्न्याड्रयाग्न ७१२ प्रोसेसर राखिएको छ।
८ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज रहेको यस फोनमा ४५०० एमएएचको ब्याट्री सहित ३३ वाटको फास्ट चार्जिङ रहेको छ।
यसमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रहेको छ। भिभो भि १९ को मूल्य नेपाली बजारमा ४९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
Facebook Comments


























