चितवन । चितवनमा बुधबार थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। कालिका नगरपालिकाका वर्ष ३६ का एक पुरूष र वर्ष २७ की एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। बुधबार संकलन भएका ११९ वटा नमुनामध्ये कालिकाका दुईजनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।
यसअघि बुधबार बिहान मात्रै चितवनमा १३ जनामा संक्रमण पुष्टि भएको थियो। साँझ दुईजना थपिएपछि चितवनमा एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालले जनाएको छ।
Facebook Comments


























