काठमाडौं, असार १७ । खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजना घुस लिएको आरोपमा पक्राउ परेका छन्।
वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
निमित्त प्रमुख मल्ललाई कार्यालय परिसरबाट, सब-इन्जिनियर चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिइएको र श्रेष्ठ र पाण्डेलाई अनुसन्धानका क्रममा मंगलबार नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ।
उनीहरुले भगवतीमाई गाउँपालिका ३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ।
Facebook Comments


























