काठमाडौं, असार १७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बालुवाटारमा तमासा देखाएर जनताको समस्यामा ध्यान नदिएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा थापाले यो तमासा अति भएको र अब जनताको काम गर्ने सरकार दिन मागसमेत गरेका छन्।
‘बालुवाटारमा तमासा छ। सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्। तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले। बरु यिनको त गति र प्रभाव बढ्दो छ’, उनले भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’
Facebook Comments


























