पोखरा, असार १६ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तनहुँमा ५, स्याङ्जामा १, लम्जुङमा ३, कास्कीमा ८ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ।
गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २१४ रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन्।
Facebook Comments

























