काठमाडौं, असार १६ । नेपाली कांग्रेसका तरुण विभागमा ३ सदस्य मनोनित भएको छ।
विभाग प्रमुख शंकर भण्डारीले पहिलो चरणमा तनहुँका पूर्णबहादुर गुरुङ, लमजुङका धिरबाबु परियार र सिन्धुपाल्चोकबाट पासाङ नुर्पु शेर्पालाई तरुण विभागको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।
गुरुङ तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन् भने परियार लमजुङका पुराना नेता तथा पार्टीका पूर्व महाधिवेशन प्रतिनिधि हुन्। शेर्पा सिन्धुपाल्चोक तरुण नेता हुन्।
Facebook Comments


























