असार १६ । इंग्ल्यान्डका कप्तान जोय रुटले वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्ट गुमाउने भएका छन्।
रुटको श्रीमतीले आगामी साता दोस्रो बच्चालाई जन्म दिने भएपछि उनले पहिलो टेष्ट गुमाउने भएका हुन्।
इंग्ल्यान्डले जुलाई दोस्रो साताबाट वेस्ट इन्डिजसँग घरेलु भूमिमा टेष्ट सिरिज खेल्दैछ।
रुटको अनुपस्थितिमा पहिलो टेष्टको कप्तानी बेन स्टोक्सले गर्ने छन्। स्टोक्सले पहिलो पटक इंग्ल्यान्डको कप्तानी गर्न लागेका हुन्।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ।
यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ। सिरिज बन्द रंगशालामा हुनेछ।
सिरिजका लागि वेस्ट इन्डिजका टिम इंग्ल्यान्ड आईपुगिसकेका छन्। एजेन्सी
Facebook Comments


























