काठमाडौं, असार १५ । आइतबार थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्।
योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।
प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। आइतबारसम्म नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























