बुटवल, असार १५ । अर्घाखाँचीमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन्।
जिल्लाको सन्धिखर्कमा नगरपालिका २ घोचेखोलामा एकै घरमा बस्ने ५ जना जंगली च्याउ खाँदा विरामी परेको प्रहरीले जनाएको छ।
बिरामी पर्नेमा बर्ष ३४ का गणपति चौधरी उनकी श्रीमती बर्ष ३२ की एलिसा चौधरीसहित परिवारका सदस्यहरु बर्ष ३५ की पार्वती चौधरी, बर्ष ९ का गगन चौधरी, दाङ घर भइ त्यहाँ काम गरि बस्ने बर्ष ४५ का राजु चौधरी विरामी भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। उनीहरुको सन्धिखर्कमा नै उपचार भईरहेको छ।
Facebook Comments


























