चितवन, असार १५ । दश वर्षकी बालिका बलात्कार गर्ने चितवनका एक युवालाई जिल्ला अदालत चितवनले १८ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको छ।
न्यायाधीश हेमन्त रावलको इजलाशले चितवन रत्ननगर नगरपालिका वडा नम्बर १३, सिद्धिविनायक टोलका २७ वर्षका युवा अजय कट्टेललाई बलात्कार अभियोगमा दोषी ठहर गर्दै कैद र जरिवाना तिराउने फैसला गरेको हो।
अदालतका अनुसार पिडक कट्टेलले आफ्नै घरमा ट्यूसन पढ्न आएकी १० बर्षकी बालीकालाई गत मंसीर १६ गते जबरजस्ति करणी गरेको जनाइएको छ। न्यायाधीश रावलको इजलाशले १८ वर्ष कैद र पिडित बालिकालाई एकलाख रुपैया क्षतिपुर्ती भराउने फैसला गरेको हो।
प्रहरी अनुसन्धानका क्रममा र अदालतमा समेत बलात्कार गरेको बयान दिएको र पीडित बालिकाले पनि जबर्जस्ती करणी गरेको बकपत्र अदालतमा गरेको फैसलामा उल्लेख गरिएको छ।
बालिकाको स्वास्थ परिक्षणमा समेत बलात्कार गरेको प्रमाणित भएपछि कैद सजाय गरिएको फैसलामा उल्लेख छ।


























