हेटौँडा, असार १५ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न अभियुक्त मृतककी ५८ वर्षीय ससुरा प्रकाश थापा, सासु ५० बर्षीया तुलसा थापा, नन्दहरू २७ बर्षीया दुर्गा थापा, २३ वर्षीय नन्द सीता थापालाई सार्वजजिक गरेको हो।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौन दूर्व्यवहारको प्रयाससमेत गरेको खुलेको छ।
घरायसी विबादमा ससुरा प्रकाश थापा, नन्द सिता थापासहित परिवारका सदस्यले नै हत्या गरेको अनुसन्धनबाट खुलेको मकवानपुर प्रहरी प्रमुख सुशिल सिंह राठौरले पत्रकार सम्मेलनमा बताएका छन।
मकवानपुर प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा ५८ बर्षीय प्रकाश थापा र २३ बर्षीया नन्द सिता थापालाई असार ४ गतेनै पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रकृया सुरु गरेको थियो।
अभियुक्तहरुलाई जन्मकैदको सजाँय माग गरिने प्रहरीले जनाएको छ।



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






