म्याग्दी, असार १५ । म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ। जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।
उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। महिलामा उच्च ज्वरो आउने, टाउको दुख्ने ,शरिर दुख्ने लगायतका लक्षण देखा परेको थियो। यो सिजनमा मात्र डेङ्गु संक्रमितको संख्या १७ पुगेको छ।
Facebook Comments


























