धनगढी, असार १५ । दार्चुलामा पहिरोमा पुरिएर बुवा–छोराको मृत्यु भएको छ । पहिरोमा पुरिएर आमा गम्भीर घाइते भएकी छन्।
नौगाड गाउँपालिका ४ होपरीमा विद्युतको नहर भत्किदा गएको पहिरोले बाबु छोराको मृत्यु भएको हो भने आमा गम्भीर घाइते भएकी हुन्।
आइतबार राति १२ बजेतिर घरमाथि रहेको होपरी जलविद्युतको नहर भत्किँदा गएको पहिरोले स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु भएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए।
उनका अनुसार चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते रहेको र उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको छ। मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उन बताए।
‘योसँगै थप दुईवटा घरमा पनि पहिरोले क्षति पुर्याएको खबर आएको छ’ सहायक प्रहरी निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली घटना स्थल तर्फ गइरहेको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।’


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







