काठमाडौं, असार १४ । पुरानो शुल्क लिने र भर्ना खोल्ने विषयमा सरकार र निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनबीच तनाब बढ्न थालेपछि सरकारले वार्तामा बोलाएको छ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले दुई निकायलाई वार्तामा बोलाएकाहुन्। मन्त्रालयका सह सचिव काप्री र केही अधिकारीले वार्ताको विषयमा कसैलाई जानकारी दिएका छैनन्।
अहिले ४ बजेदेखि हुने वार्तामा सिफ्ट गरी विद्यालय सञ्चालन गर्ने, वक्यौता उठाउने, नयाँ भर्ना लिन प्रकृया शुरु गर्ने लगायतका विषयमा छलफल हुने भएको छ। छलफल पछि प्याब्सन र एन प्याब्सनले थप रणनीति बनाउनेछन्। केही ठुला विद्यालयका कारण शुल्क र नया भर्ना गर्ने विषयमा सरकारसंग तनाव भएपछि सरकारले विद्यालय सञ्चालकलाई वार्तामा बोलाएको हो।
वार्तामा प्याब्सन, एन प्याब्सन र मन्त्रालयका अधिकारीको सहभागिता हुनेछ। दुई निकायले सरकारले माग पुरा नगरे विद्यालय बन्द गर्ने सम्मको चेतावनी दिने तयारी गरेको छ।



















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






