धादिङ, असार १४ । धादिङमा जटामसी लगायत अन्य जडीबुटीसहित चारजना पक्राउ परेका छन्।
नीलकण्ठ नगरपालिका–१२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ गाउँदै गरेको बा ५ ख ६१८० नम्बरको मिनी ट्रकमा लुकाएर सो जडीबुटी ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मिनी ट्रकका चालक रुविभ्याली गाउँपालिका–१ बस्ने पेम्बा तामाङ,सहचालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन्।
ट्रकबाट जटामसी ३ सय १० किलो ७७ ग्राम, निरमसी २ किलो १ सय ५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
Facebook Comments


























