कास्की, असार १४ । पोखरा महानगरपालिका ८ ईन्द्रपुरी टोल बस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोला ३ बस्ने २९ वर्षीय सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८ हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित प्रहरीले पक्राउ गरेको छ।
गिरीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित प्रहरीले पक्राउ गरेको जनायो।
यसैगरी पोखरा महानगरपालिका ८ रत्नचोक सुगम मार्ग बस्ने ३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६ जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ।
उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट
खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो।

























