बागलुङ, असार १३ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ माजखर्क निवासी दलबहादुर बुढालाई भरुवा बन्दुकसहित प्रहरीले शनिबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार बुढाको साथबाट एक नाले भरुवा बन्दुक, अन्दाजी ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुँने १२ थान सिसा समेत बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुढालाई घरबाटै पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments


























