काठमाडौं, असार १३ । भारत हुँदै सलहको एउटा सानो झुण्ड नेपाल छिरेको छ। भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन्।
बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए।
भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो।
अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपाल छिरेको हो। यसबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।
सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्याउँछ।
हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन्।
(यसबारे थप खबर आउँदै)
Facebook Comments


























