असार १२ । लिभरपुलले बिहीबार इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्यो।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो।
यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो।
लिभरपुलले उपाधि जितेपछि हजारौ समर्थक खुसियाली बनाउन एनफिल्ड पुगेका थिए।
क्लबले उपाधि जितेको आधा घण्टा भित्र समर्थकहरु खुसियाली मनाउन घरेलु मैदान पुगेका हुन्।
२ हजार बढी समर्थक एनफिल्डको खेलाडी प्रवेशद्वार अगाडी जम्मा भएका थिए।
उनीहरुले नाचगान र अतिसबाजी गरेका थिए।
कोरोना भाईरसको महामारीबीच ठुलो संख्यामा समर्थकहरु भेला भए पनि प्रहरीले उनीहरुलाई अवरोध गरेको थिएन। एजेन्सी
Facebook Comments


























