असार ११ । जर्मनीमा आयोजनामा हुने यस वर्षको बर्लीन म्याराथन रद्द भएको छ।
कोरोना भाईरसको महामारीको कारण सेप्टम्बरमा हुने बर्लीन म्याराथन रद्द गरिएको छ।
यस वर्षको बर्लीन म्याराथन सेप्टेम्बर २७ मा हुने तय थियो।
यस्तै अमेरिकामा आयोजना हुने न्युयोर्क सिटी म्याराथन समेत रद्द गरिएको छ।
न्युयोर्क म्याराथन नोभेम्बर १ मा हुने तालिका रहेको छ।
अमेरिकामा कोरोनाको महामारी कायम रहेपछि विश्वकै ठुलो म्याराथन दौड न्युयोर्क म्याराथन रद्द गरिएको हो।
यस वर्ष लण्डन म्याराथन समेत रद्द हुने बताईएको छ। एजेन्सी
Facebook Comments


























