काठमाडौं, असार ११ । हिजो बुधबार नयाँ रेकर्ड बनाएको सुनको मुल्य आज बिहीबार भने यथावत रहेको छ।
हिजो छापावाला सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको जनाइएको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी बुधवारको तुलनामा १० रुपिँयाले घटेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























