काठमाडौं, असार ११ । कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ।
बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
यस्तै बुधबार राती मात्रै पोखरामा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








