असार ११ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बैठक आज (बिहीबार) बस्दै छ।
आईसीसीको आज बस्ने बैठकमा अध्यक्ष चुन्ने मुख्य एजेण्डा रहने छ। भिडियो कन्फरेन्स मार्फत हुने बैठकमा अध्यक्षको चुनावी प्रकृयाबारे छलफल हुनेछ।
पूर्व इङ्ल्यान्ड क्रिकेट बोर्डका अध्यक्ष कोलिन ग्रेब्स आईसीसीको अध्यक्षका प्रमुख दावेदारी हुन्। हालका अध्यक्ष मनीहरलाई ग्रेभसले प्रतिस्थापन गर्ने देखिएको छ।
आईसीसीले यसअघिनै टी–२० विश्वकपको बिषयमा अघिल्लो महिनामात्र निर्णय लिने बताईसकेको छ। बैठकले आईसीसीको अध्यक्ष पदको निर्वाचनको मिति तय गर्ने बताईएको छ।
आईसीसीको अध्यक्षमा उम्मेदवारी दिन सदस्यले कम्तीमा दुई पटक बोर्ड बैठकमा अनिवार्य सहभागी हुनुपर्ने र सम्बन्धित देशका बोर्ड सदस्यले मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ।
आईसीसीको बोर्डमा अध्यक्ष सहित टेष्ट खेल्ने १२ देश, तीन एसोसियट सदस्य, स्वतन्त्र महिला निर्देशक र मुख्य कार्यकारी अधिकृत सहभागी हुनेछन्।
निर्वाचनको अवस्थामा मुख्य कार्यकारी अधिकृतसंग मतदानको अधिकार हुनेछैन।
ईङ्ल्याण्ड तथा वेल्सका पुर्व अध्यक्ष ग्रेब्स अध्यक्षको दाबेदार देखिएपनि भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरव गांगुलीलाई सम्भावित अध्यक्षको रुपमा हेरिएको छ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले अगाडीनै आफुलाई दौडबाट बाहिर राखिसकेका छन्। एजेन्सी


























