असार १० । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी बराबरीमा रोकिएको छ।
मंगलबार राति भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेलेको हो।
घरेलु मैदानमा गोलकिपर कास्पर नायक बन्दै एक पेनाल्टी बचाएपछि लेष्टरले ब्राइटनसँग बराबरी खेलेको हो।
खेलको १४ औं मिनेटमा निल माउपेको पेनाल्टी कास्परले उत्कृष्ट बचाऊ गरेको थियो।
यस्तै खेलमा बल पोजिसनमा पकड जमाएपनि लेष्टरका फरवार्डले गोल निकाल्न सकेनन्। र, घरेलु मैदानमा ब्राइटनसँग अंक बाड्न बाध्य बन्यो।
बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ। ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























