असार ९ । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकालेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले हराएको हो।
सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले समान दुई दुई गोल गरे।
फिल फोडिनले २२ औं मिनेटमा सिटीलाई अग्रता दिलाए। रियाद महरेजले ४३ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाउने काम गरे। पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई ३–० ले अघि बढाएका थिए।
डेभिड सिल्भाले ५१ औं मिनेटमा सिटीका लागि पाँचौ गोल गरे। फोडिनले ६३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए।
सिटीको जितसंगै शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ।
लिगमा ८ चरणको खेल बाँकी रहदाँ सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ। साविक विजेता सिटीले अंक गुमाएको खण्डमा लिभरपुलले बुधबार एनफिल्डमा क्रिस्टल प्यालेसलाई हराउँदै उपाधि उचाल्ने सम्भावना थियो।
सिटी ६३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको लिभरपुल ८३ अंक सहित पहिलो स्थानमा छ। वर्नली ३९ अंक सहित तालिकाको ११ औं स्थानमा छ। एजेन्सी


























