काठमाडौं, असार ९ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ। सोमबार अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६० पैसा र बिक्रीदर १२२ रुपैयाँ २० पैसा तोकिएको थियो।
पछिल्ला दिनहरुमा डलरको भाउ थप माथि जान थालेको छ। विशेषगरी अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सस्तो भएको छ। तर सुन र डलर भने थप बलिया भएका छन्। भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ। स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो।
Facebook Comments


























