काठमाडौं, असार ८ । लकडाउनको कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी साउन अन्तिम साता हुने भएको छ।
महासंघको सोमवार बसेको केन्द्रीय समिति बैठकले साउन अन्तिम साता चुनाव गर्ने निर्णय गरेको हो।
महासंघको आइतवार बसेको पदाधिकारी बैठकले साउन अन्तिम साता साधारण सभा गराउने निर्णयगरेको थियो। उक्त निर्णयलाई सोमवार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको स्रोतले बताएको छ।
गत चैतमा हुन लागेको महासंघको महाधिवेशन कोरोना महामारीको कारण रोकिएको थियो। त्यसपछि जेठमा गर्ने भनिएपनि कोरोना संक्रमित बढेसँगै हुन सकेको थिएन्।
अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने महासंघको कार्यविधिमा उल्लेख रहेको छ। त्यसैअनुसार साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुनेछन्।
वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किसोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदका लागि आगामी निर्वाचन हुने छ।


























