तुलसीपुर, असार ८ । जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुरमा ५ जना बिरामी परेका छन्। बिरामी भएका मध्ये एकको अवस्था गम्भीर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ।
जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोला निबासी ६९ बर्षका सत्य पुन, उनकी श्रीमति ६१ बर्षकी मैती पुन, छोरी तुलसीपुर –५ निबासी भोला पुन, नाति ११ बर्षका विशाल पुन, १५ बर्षका ललित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ। छोरी र नातीहरु पाहुना पर्न गएको बुझीएको छ।
बिरामी मध्य मैतीको अवस्था गम्भीर रहेको छ। उनीहरुले जंगलबाट ल्याएर साँझ ८ बजे पकाएर खाएका थिए।
Facebook Comments


























