सर्लाही, असार ७ । नियन्त्रित लागूऔषध सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
बिष्णु गाउँपालिका चकवा चोकबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन १७ पिस, डाइजेल्याव १७ पिस र नूफिन १७ पिस सहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका सुकचैनाका बालमिकी महतो रसोनु मिश्र रहेका छन्। उक्त स्थानमा सिमा प्रहरी चौकी फेन्हराबाट खटिएको प्रहरीले बा ११ प ३७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments


























