तुलसीपुर, असार ७ । ट्याक्टरले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१४ निबासी २७ बर्षका जीतेन्द्र चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
तुलसीपुरबाट दंगीशरण गाउँपालिका– रामपुरतर्फ गइरहेको लु ५८ प १८४३ नम्बरको मोटरसाईकलाई विपरित दिसाबाट आइरहेको रा १ त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुर उपमहानगरपालिका–२ कुमालगैरीमा ठक्कर दिदा गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।
मृतक चौधरी दंगीशरण गाउँपालिका–१ रामपुरस्थित ससुरालीमा जाँदै थिए। ठक्कर ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments


























