काठमाडौं, असार ७ । संखुवासभाको बोयामफेदीमा पहिरो जाँदा अरुण नदीको केही भाग थुनिएको छ।
केही दिनअघि देखि परेको अविरल वर्षाका कारण शनिवार राती पहिरो जाँदा अरुण नदीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले लोकान्तरलाई जानकारी दिए।
जिल्लाको मकालु गाउँपालिका २ र ५ मा पर्ने यस स्थानमा पहिरो जाँदा २ घर विस्थापित भएको छ। जोखिममा परेका २ घरलाई स्थानीय, प्रहरी लगायतको टोलीले उद्दार गरेको छ।
ुपहिरो गएको बिहान मात्रै थाहा भयो। छिट्टै त्यहाँ गएर हेर्न सक्ने अवस्था रहेन,ु घिमिरेले भने,ुनजिकै सेनाले काम गरिरहेकाले सेना पनि त्यहाँ पुगेको र प्रहरी पनि पुगिसकेको अवस्था छ। हामी चाहीं गएका छैनौं।ु
उनले पहिरोका कारण अरूण नदीको केही भाग थुनिएको बताएका छन्। ुलेदो थुप्रिएपछि केही भागमा पानी जमेको छ। पानीको बहाव नै रोकिएको भने हैन,ु उनले भने।
घटनाको विस्तृत विवरण आइनसकेको उनले जानकारी दिए।
यता मौसम विभागले मकालुमा पहिरो जाँदा अरुण नदी आंशीक रूपमा थुनिएको बताउँदै अरूण तुर्केघाट केन्द्रमा जलसतह एक्कासी ०.३ मिटर घटेर बढ्न थालेको जनाएको छ।
नदी करिव १५ देखि ३० मिनेट सम्म आंशिक रूपमा थुनिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको छ।
विभागले तटिय क्षेत्रमा सतर्कता अपनाउन समेत अपिल गरेको छ।


























