काठमाडौं, असार ७ । आज अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ।
‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ। हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो। कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ। सङ्क्रमण रोक्न गरिएको लकडाउन तथा क्वरेण्टीनमा रहेकाहरुको तनाव व्यवस्थापनमा पनि योग महत्वपूर्ण भएको छ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको बताएका छन्।
Facebook Comments


























