काठमाडौं, असार ६ । कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै युवाहरुले सडकमा सुतेर सरकारको विरोध गरेका छन्।
सरकारको लापरबाही अनियमितता र कोरोना नियन्त्रणमा उदासिन बनेको आरोप लगाउँदै स्वस्फुर्त रुपमा आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन ‘शव’ को अभिनय गर्दै सुतेका छन्।
उनीहरुले सरकारले कोरोना महामारीमा अनियमितता गरेको, कोरोना जाँचमा लापरबाही गरेको भन्दै विरोध जनाएका हुन्।
सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनीहरु शान्तिपूर्ण रुपमा सडक आन्दोलनमा उत्रिएका हुन्।
सरकार कोरोना संक्रमण व्यवथापनमा चुकेको र आर्थिक अनियमितामा डुबेको प्रदर्शनकारीको आरोप छ। झण्डै एक सय जनाको संख्यामा रहेका युवाले बिहान साढे १० बजेदेखि एकघण्टासम्म शहीद गेटमा सुतेर विरोध प्रदर्शन गर्ने जनाएका छन्।
Facebook Comments
























