बाग्लुङ, असार ६ । बाग्लुङको काठेखोला गाउँपालिका तंग्राम फापरखेतमा पहिरोले घर पुरिंदा एक महिला बेपत्ता भएकी छिन्।
फापरखेतको थोत्नेरीमा विहान पख पहिरो खसेपछि घरधनी टीका पुनसहित अरु परिवारका सदस्यले भने भागरे ज्यान जोगाएका थिए।
उनका श्रीमती ३८ बर्षीया विमला पुन भने बेपत्ता भएकी छन्। यस्तै जिल्लाकै बडिगाड गाउँपालिका–७ भीमबिसे गाउँमा पनि पहिरोले केही घरमा क्षति पुर्याएको बताइएको छ।
अविरल बर्षासँगै आएको पहिरोले त्यस क्षेत्रमा लगाएको अन्नबालीमा समेत क्षति पुर्याएको छ।
Facebook Comments
























