मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका स्थित हाँडिखोलाको लामिटार क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट घर फर्किएका मध्य चार दिनअघि स्वाब परीक्षणमा दिएका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको हो। भारतबाट फर्किएर गाउँपालिकाले व्यवस्थापन गरेको लामिटार क्वारेन्टाइनमा रहेका २९ मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। अन्य सबैको रिपोट नेगेटिभ आएको बताइएको छ। कोरोना पुष्टि भएका मध्ये ५ जना पुरुष र १ महिला रहेका छन्।
मनहरी गाउँपालिका १, का दुई, ४ का दुई र ७ का १ पुरुषमा पोजेटिभ देखिएको छ भने मनहरी ४ की ३० बर्षिय महिलामा पनि पोजेटिभ पाइएको वागमती प्रदेश सामजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईँले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका पुरुषहरु २८ देखि ४० बर्ष उमेर समूहका छन्। गत महिनाको जेट १८ र २५ गते भारतबाट फर्किएका उनीहरुमा कोरोना देखिएपछि मनहरीबाट हेटौंडा ल्याई हेटौँडा ४ मा रहेको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।


























