सिओल, असार ५ । दक्षिण कोरियामा कोरोना भाइरसलाई नियन्त्रणमा लिएको मानिएको थियो। तर, पछिल्लो समय फेरि कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि दोस्रो लहरको संक्रमण फेलिन सक्ने जोखिम बढेको हो।
शुक्रबार दक्षिण कोरियामा ४९ नयाँ कोरोना संक्रमित फेला परेका थिए। हालसम्म दक्षिण कोरियामा कुल संक्रमितको संख्या १२ हजार ३०६ पुगेको छ।
दक्षिण कोरियाका स्वास्थ्य मन्त्रीले नागरिकहरुलाई सामाजिक दूरीको कडा नियम पालना गर्न चेतावनी दिएका छन् दक्षिण कोरियाले मेमा नै सामाजिक दूरीको प्रवाधानलाई खुला गरेको थियो। बीबीसी
Facebook Comments


























