बुटवल, असार ५ । भिरबाट लडेर अर्घाखाँचीका बेग्लाबेग्लै स्थानमा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मालारानी गाउँपालिका–५ का ४९ वर्षीय मनबहादुर खत्री र सन्धिखर्क नगरपालिका–२ स्थित भलायडाँडाका ५५ वर्षीय बसन्त कुमाल रहेका छन्। खेतमा रोपाइँ गरी फर्कने क्रममा घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यस्तै कुमालको सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा घाइते भएका र उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकोछ।
Facebook Comments


























